धनगढी। सुदूरपश्चिम प्रदेश सरकार जारी बजेट भ्याकुमको अन्त्य गर्न लागेकाे छ । नवनियुक्त आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले जारी बजेट शून्यताको अवस्थालाई अन्त्य गर्न अध्यादेशमार्फत बजेट ल्याउने तयारी थालेको जानकारी दिएका हुन् ।
त्यसको लागि प्रदेश सरकारले प्रदेश सभाको विशेष अधिवेशन आज रातीदेखि अन्त्य गर्न लागिएको मन्त्री थापाले बताए । उनले भने, ‘२/३ दिनभित्रै प्रदेशको बजेट शून्यताको अवस्था अन्त्य हुन्छ । ‘जसको लागि हामी लागेका छाँ। विशेष अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउँछौ ।’
निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीका पालामा असार १ गते प्रस्तुत आव ०८१/०८२ को बजेट पास नभएपछि अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेका थिए । तर निवर्तमान मुख्यमन्त्री सोडारीको कदमलाई असफल पारेका हालका मुख्यमन्त्री कमल बहादुर शाहले अध्यादेशमार्फत बजेट ल्याउन लागेका हुन् ।