काँग्रेसले टुंग्यायो मन्त्रीको नाम, मुख्यमन्त्रीको सपथ साढे ३ बजे

धनगढी । मुख्यमन्त्री कमल बहादुर शाहको सपथ आज (सोमबार) दिउसो साढे ३ बजे हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार सपथका लागि सोमबार दिउसो साढे ३ बजेको समय तोकिएको छ ।

यस्तै मुख्यमन्त्री कमल बहादुर शाहले सकेसम्म पुरै मन्त्रीमण्डल बनाएर सँगै सपथ लिने योजना बनाएका छन । काँग्रेसले मन्त्रीहरुको टुंगो लगाई सकेको छ । काँग्रेसले सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालय लिने समहति भएको छ । उसले कञ्चनपुरबाट प्रदेश सभा सदस्य बहादुर सिह थापा र अछामबाट प्रदेश सभा सदस्य मेघराज खडकालाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।

नागरिक उन्मुक्ति पार्टीले पनि पूर्व सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरिरकेको छ । उनलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईने नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।

एमालेको भागमा भौतिक पुर्वाधार, भूमी ब्यवस्था कृषि तथा सहकारी र आन्तरिक मामिला मन्त्रालय परेका छन । तीन मन्त्रालयका लागि उसले आज २ बजेको संसदीय दलको बैठकमा मात्रै टुंगो लगाउने छ । एमाले स्रोतका अनुसार बैतडीबाट सुरेन्द्र बहादुर पाल, कञ्चनपुरबाट बीरबहादुर थापा र कैलालीबाट सन्तोषकुमारी थापा शर्माको नाम चर्चामा छन ।

मुख्यमन्त्री शाहले मन्त्रालय नबढाएपनि तीन जना राज्यमन्त्री थप्ने योजना बनाएका छन । राज्यमन्त्रीमा काँग्रेसबाट गीता चौधरी, एमालेबाट निर्मला साउदको नाम चर्चामा आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.