धनगढी । साहित्य कलाकाे जगेर्ना तथा नयाँ प्रतिभा खाेजका लागि सुदूरपश्चिमकाे धनगढीमा ‘स्रष्टा सृजना प्रस्तुति’ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ कैलालीका संयाेजक ओमप्रकाश पुनको अध्यक्षतामा शनिबार आयािजत उक्त कार्यक्रमको उद्घाटन प्रदेशसभा सदस्य तथा कवि शिवसिंह ओलीले गरेका थिए ।
संघका सचिव तेजराज कापडीकाे सञ्चालन र जिल्ला सदस्य उर्मिला न्याैपानेकाे स्वागत मन्तव्यबाट सुरुवात भएको कार्यक्रममा प्रमुख अतिथि ओली लगायत बिशिष्ट अतिथि र अतिथिहरुले ‘स्रष्टा सृजना प्रस्तुति’ कार्यक्रमकाे प्रशंसा गर्दै सफलताकाे कामना गरेका थिए ।
यस्तै साहित्यकार तिर्थराज ओझा गड्सेरी माइला, धर्मराज जाेशी, तेज लुहार, सत्यराज जाेशी, गणेश प्रसाद जाेशी, तिर्थराज जाेशी, तिर्थराज जाेशी- शिक्षक, गगन सिह भण्डारी, किरण बिश्वकर्मा, जगदीश ओझा, जयलक्ष्मी जाेशी, कमला तिमिल्सिना, राजबहादुर चन्द, निशा जाेशी, शैलेन्द्र बहादुर चन्द, काेपिला अवस्थी, आशिष भट्ट, दिपक बाेहरा, मिना बुढा, गाैरा धामी, दिपक चन्द, दशरथ सिह धामी, भगवती सुनार, चेतन बिक्रम चन्द, कल्पना बडु, बसन्ती साउद, हेमन कुँवर , लक्ष्मीप्रसाद पाैडेल, लगायत तीन दर्जनबढी स्रष्टाले कविता, जगल, मुक्तक र गीत वाचन तथा साहित्य विमर्श मन्तव्य राखेका थिए ।
अन्तरिम बिधायक तथा साहित्यकार मञ्जु बम, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञासभा सदस्य जनक रसिक, प्रलेसका केन्द्रीय सदस्य तिलकबहादुर सिंह, केन्द्रीय पार्षद तथा प्रदेश उपाध्यक्ष जगदीश ओझा, केन्द्रीय पार्षद तथा कैलाली जिल्ला इन्चार्ज काेपिला शर्मा , सुदूरपश्चिम साहित्य समाजका महासचिव तथा लेखक संघका अध्यक्ष गणेश नेपाली, अखिल नेपाल लेखक संघका प्रदेश अध्यक्ष बसन्त वागचन, दुर्गा लक्ष्मी बहुमुखी क्यापसका प्रमुख तथा साहित्यकार हरिकृष्ण कठायत, सह-प्राध्यापक तथा साहित्यकार पदम प्रकाश साउदकाे सहभागिता रहेकाे थियाे ।
यस्तै अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य शिवी चन्द, साहित्यकार तथा संघका सल्लाहकार जयदेव जाेशी दार्चुले, साहित्यकार लिला बास्काेटा, व्याङ्गिय कवि प्रभाकर भण्डारी, संघका पुर्वकेन्द्रीय सचिव बाबुराम आचार्य, बालाराम उपाध्याय लगायत सुदूरपश्चिमका बरिष्ठ साहित्यकारहरु सहभागी रहेका थिए ।
कार्यक्रममा पत्रकार भाेजराज जाेशी, चन्द्रबहादुर थापा, लवदेव सिह धामी, गिरिजाप्रसाद पनेरु लगायत बुद्धिजीवीहरुकाे पनि उपस्थिति रहेको थियोभने जनक रसिकले समग्र कार्यक्रमकाे समालोचना र जगदीश ओझाले प्रलेस सुपकाे मुखपत्र ह्याँककाे विमर्श गरेका थिए ।
कार्यक्रम छलफल, बहस र रचना वाचनकाे हिसाब निकै सफल भएको प्रतिक्रिया सबै उपस्थिति स्रष्टाहरुबाट आएको र अझै प्रगतिशील लेखक संघलाई सडक कविता कार्यक्रम राख्न सुझाव आएको संघ कैलालीका संयाेजक ओमप्रकाश पुनले जानकारी दिए ।
प्रगतिशील लेखक संघ कैलालीको नयाँ प्रतिभा खाेजका लागि स्रष्टा सृजना कार्यक्रम जिल्लाव्यापी अभियानात्मक रुपले लैजाने अन्तरगतकाे याे दाेस्राे सेसनकाे कार्यक्रम रहेकाे र यसलाई अझै व्यापक र बिस्तार गर्ने निर्णय संघले लिएको संयाेजक पुनले बताए ।