
धनगढी । सुदूरपश्चिमका अपाङ्गता भएका ब्यक्तिहरुले राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख हरिप्रसाद ज्ञवालीलाई सम्मान गरेका छन् । लामाे समय यहाँ कार्यरत ज्ञवाली सरुवा भएर लुम्बिनी प्रदेशमा जान लागेकाले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा “सम्झना छ फेरि भेटौला” कार्यक्रमका साथ शनिबार सम्मान गरेका हुन्।
सुदूरपश्चिममा रहँदा उनले अपाङ्गताका हकअधिकारलाई मानवअधिकारसँग जाेड्दै हामीलाई उत्प्रेरणा दिईरहने गरेकाले सम्झना स्वरुप ‘यो छोटो सम्झना छ, फेरि भेटोला’ कार्यक्रमको आयोजना गरि स-सम्मान बिदाई गरिएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सुदूरपश्चिम प्रदेश अध्यक्ष मान बहादुर साउदले बताए ।
अपाङ्गता क्षेत्रमा ज्ञवालीले पुरयाउनु भएको सहयोगको उच्च सम्मान गर्दै अध्यक्ष साउद लगायत अपाङ्गताकाे क्षेत्रमा कृयाशील अभियान्ताहरुले सरुवा भई जान लागेका ज्ञवालीलाई केक काट्न लगाई अबिर फूलमाला र मायाकाे चिनाे दिएर बिदाईमा सम्मान गरेका हुन् ।
