
धनगढी । सुदूरपश्चिममा आज भाेलि र पर्सी लगातार तीन दिनसम्म पनि पर्ने भएकाेले बाढीको जोखिम रहेको पूर्वानुमान गरिएको छ । वर्षाका कारण महाकाली, सेती र कर्णाली नदीमा पानीको सतह बढिरहेकोले त्यस क्षेत्रमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो ।
यी ठुला नदी र सहायक नदीहरूमा अझै तीन दिनसम्म पानीको सहत बढ्ने भएकोले त्यस क्षेत्रमा बाढीको जोखिम बढेको महाशाखाले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको जोखिम भएकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सूचित समेत गरेको छ ।
महाशाखाले मंगलबार रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, लमजुङ, कास्की, पर्वत, सल्यान, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेलधुरा, दार्चुला, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।
