Dashain Suvakamana

विभिन्न कार्यक्रकासाथ धनगढी लेडी जेसिजले ‘जेसिज सप्ताह’ मनाउदै

Ajai

धनगढी । स्थापना कालदेखि नै मानव समाजको सकारात्मक विकासमा प्रेरणादायी सहकार्य गर्दैआएको धनगढी लेडी जेसिजले विगतमाझैं यसवर्ष पनि जेसिज सप्ताह मनाउदै छ । विभिन्न कार्यक्रमकासाथ आईतबारदेखि सुरु भएको जेसिज सप्ताहको पहिलो दिन धनगढीस्थित शिवपुरी धाममा सरसफाई गरिएको छ ।

विभेद तथा भेदभव विना मानवलाई निस्वार्थरुपमा सामाजिक विकासमा अग्रसर गराउने प्रेरणाकासाथ धनगढी लेडी जेसिजले ‘जेसिज सप्ताह’ मनाई रहेको अध्यक्ष प्रीया खडकाले जानकारी दिइन् । No description available.उनका अनुसार कार्यक्रमलाई भव्यरुपमा मनाउन प्रत्येक दिनकालागि उप-समितिहरु गठन गरी कार्य व्यबस्थित गरिएको छ ।

जसअनुसार साउन ६ गते पवित्र धार्मिकस्थल शिवपुरी धामका अध्यक्षको प्रमुख आतिथ्यमा सरसफाई कार्य गरिएको छभने समाजमा रहेका असाहय-अनाथ,  विपन्न, गरीबहरुलाई खाध्यान्न तथा रहात वितरण, वृद्ध-वृद्धाहरुलाई खिर खुवाउने, कपडा वितरण गर्ने र समापनका दिन सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेका छन् ।

कार्यक्रमलाई व्यबस्थित वनाउन जेसी पार्बती भट्ट (जोशी)को संयोजकत्वमा मूल समिति गठन गरि प्रत्येक दिन आयोजना हुने कार्यक्रमको उपसंयोजकमा जेसी जानकी खत्री, जेसी बविता चन्द, जेसी सन्धु शर्मा, जेसी निर्माला गुरुङ, जेसी सम्झना खडका, जेसी संगिता न्यौपाने, जेसी डम्मरा खड्का रहेका छन्।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.