भारत लैजान लागेका ४ बालक ८ महिलाको गड्डाचौकीबाट उद्धार

भीमदत्तनगर। कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत लैजाँदै गरेका चार बालक र आठ जना महिला गरेर ११ जनाको उद्धार गरिएको छ।  दलालहरूले बाजुरादेखि ललाई फकाइ गरेर भारतका विभिन्न ठाउँमा लैजाने क्रममा शान्ति पुनः स्थापना केन्द्र गड्डाचौकीले उनीहरूको उद्धार गरेको हो।

रोजगारीको प्रलोभन देखाएर बाजुरादेखि भारतमा लैजाने क्रममा गड्डाचौकी नाकाबाट बाजुराका ११ महिला तथा बालबालिकाहरूको उद्धार गरिएको शान्ति पुनः स्थापना केन्द्र गड्डाचौकीले जनाएको छ।

बाजुराको गौमुलका तीन, बडिमालिका एक, खप्तड छेडेदहका तीन, त्रिवेणीका दुई, बुढीगङ्गाका दुई जना गरी जम्मा आठ महिला, चार बालक गरी ११ जनाको उद्धार गरिएको शान्ति पुनः स्थापना केन्द्र गड्डाचौकीका सुपरभाइजर मनीष न्यौपानेले बताए।

सुपरभाइजर न्यौपानेले भने, ‘भारतमा राम्रो नोकरी दिलाई दिन्छु भन्ने आस देखाएर उनीहरूलाई घरदेखि भारतमा लैजाने क्रममा सोधपुछ गर्दा ती महिला र बालकको उद्धार गरिएको हो।’

अहिले उनीहरूलाई प्रहरी प्रशासनको सहयोगमा आफन्तकोमा जिम्मा लगाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.