बजेट अधिवेशन अन्त्यलगत्तै प्रदेश प्रमुखद्वारा विषेश अधिवेशन आह्वान

धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मियाले साउन ८ गते संसदको विषेश अधिवेशन आह्वान गरेका छन । बजेट सुन्यतामा भएपछि विहीबार मात्रै सरकारकाे आग्रहमा बजेट अधिवशन अन्त्य गरेका उनले काँग्रेस एमालेको मागमा विषेश अधिवेशन आह्वान गरेका हुन् ।

संसद अधिवेशन अन्त्य भएकै भोलिपल्ट अथवा शुक्रबार संसदको एक चौथाई प्रदेशसभा सदस्यहरुले हस्ताक्षर सहित विषेश अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख मियाले साउन ८ गतेका लागि विषेश अधिवेशन आह्वान गरेका छन्। अहिले सरकारमा रहेका दलहरु र नयाँ बनेको गठबन्धनबीच जुङ्गाको लडाई जस्तै भएका बेला प्रदेश प्रमुख मियाकाे कदमप्रति सरकार आश्रर्यमा परेको छ।

यसअघि मुख्यमन्त्री सोडारीले असारको ३० गते संसदको बजेट अधिवेशन अन्त्य गर्न भन्दै प्रदेश प्रमुख मियालाई पत्र पठाएका थिए । तर मिया बाहिर भएकाले उक्त पत्र माथि कारवाही भएन। अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी ३० दिन अगावै सरकार छोडने मुडमा नदेखिएकाले उनले अध्यादेशमाफर्त बजेट ल्याउने प्रयास निस्तेज पार्ने प्रयासमा नयाँ सत्ता गठबन्धनका दलकाे साथ लागेकाे बताइन्छ ।

प्रदेश प्रमुखले विषेश अधिवेशन बोलाई सकेपछि सोडारी नेतृत्वको सरकारलाई अध्यादेश मार्फत बजेट ल्याउने नैतिक संकट पर्ने देखिन्छ । ‘संसद सार्वभौम हो, ४ दिनपछि विषेश अधिवेशन बोलाईएको छ, अध्यादेश ल्याउने कारण पनि सोही अधिवेशनमा भन्दा भई हाल्छ’ अब भने सोडारीलाई नैतिक संकट देखिन्छ’ एकजना कानूनविद भन्छन ।

विषेश अधिवेशन बोलाई सकेपछि देखिएका संकटको पनि संसदबाटै समाधान खोज्नुपर्ने उनकाे भनाई छ । सोडारी नेतृत्वको सरकारले असार १ गते ल्याएको बजेट असारमा पास हुन नसकेपछि अहिले प्रदेशभरी करसंकलन र खर्च कार्य बन्द भएको छ । अहिले प्रदेशमा बजेट शुन्यताको अवस्था रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.