Dashain Suvakamana

सेती अस्पतालकाे सेवा चुस्त बनाउन स्वास्थ्यमन्त्री भाटकाे निर्देशन

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम विक्रम भाट ‘सरल’ले सेती प्रादेशिक अस्पतालका सेवालाई चुस्त बनाउन निर्देशन दिएका छन् । मंगलबार अस्पताल प्रशासन, ब्यवस्थापक र अस्पतालमा कार्यरत चिकित्सकलाई मन्त्रालयमै बोलाएर मन्त्री भाटले यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री भाटले मन्त्रालयका सचिवसहितलाई राखेर अस्पतालमा रहेका समस्या समाधान र चिकित्सक प्रोत्साहनका लागि गर्नुपर्ने विषयमा छलफल गरेका थिए ।  आजको छलफलमा मन्त्री भाटले चिकित्सकका समस्या समाधानका लागि मन्त्रालयबाट पहल गरिने र सेवा चुस्त बनाउन चिकित्सकहरुलाई निर्देशन दिएकाे मन्त्रीका प्रमुख स्वकीय सचिव कैलाश चन्द्र गिरीले जानकारी दिए।

सो छलफलमा सेती प्रादेशिक अस्पतालका चिकित्सकहरुले सबै डिपार्टका समस्याहरु राखेका थिए । ती समस्या समाधानका लागि मन्त्री भाटले आफू प्रतिबद्ध रहेको जनाए । यसअघि मन्त्री भाटले सुदूरपश्चिमभरका अस्पतालका अध्यक्षसहित मेडिकल सुपरिटेन्डेन्टलाई पनि बोलाएर सामूहिक छलफल गराएका थिए ।

यस्तै सेतीमा भौतिक संरचना निर्माणसहित सेवा विस्तार र दरबन्दी बढाउने विषयमा मन्त्री पदमा हुँदामात्रै नभएर जुनसुकै जिम्मेवारीमा रहेपनि पहल गर्ने मन्त्री भाटको भनाइ छ । यस अगाडि नै सेतीको ओएण्ड एम गर्ने मन्त्री भाटले घोषणा गरिसकेको र सो फाइल मुख्यमन्त्री कार्यालयमा पुगेको बताइएको छ ।May be an image of 13 people, people studying and table

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.