
धनगढी । कैलालीकाे कैलारी गाउँपालिकाले भाेलिलाई सार्वजनिक विदा दिएकाे छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै २४ओैं कमैया मुक्ती दिवसको अवसरमा श्रावण २ गते सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको हाे ।
२ गते गाउँपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय तथा बैंकहरुमा विदा रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

