Dashain Suvakamana

प्रथम मुख्यमन्त्री भट्टकाे प्रयास सफल: टीकापुर अस्पतालमा डाइलासिस सेवा सुरु

Ajai

धनगढी । सुदूरपश्चिमको टीकापुरस्थित टीकापुर अस्पतालमा पहिलो पटक डाइलासिस सेवा सुरु गरिएको छ। मृर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि आजदेखि अस्पतालमा डाइलासिस सेवा सुरु गरिएको हो। 

अस्पतालमा डाइलासिस कक्ष निर्माण गरिएको छ। पाँचवटा हेमो डाइलासिस बेड, एउटा आरो प्लान्ट लगायत सुविधा सम्पन्न संक्रमणरहित कक्षबाट सेवा सुरु गरिएको टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताए। डाक्टर सन्देश पण्डित नेतृत्वको तालिम प्राप्त स्वास्थ्यकर्मीहरूको टिमबाट आजदेखि डाइलासिस सेवा गरिएको उनकाे भनाई छ ।

सुदूरपश्चिम प्रदेशका प्रथम मुख्यमन्त्री त्रिलोचन भट्टको पालादेखि थालिएको प्रयास अहिले पुरा भएकाे भन्दै उनले अव भने ‘यस क्षेत्रका बिरामीहरूलाई महंगो डाइलासिस सुविधा टीकापुर अस्पतालबाटै प्रदान गर्नेछौं, यो यस क्षेत्रबासीकै लागि खुशीको खबर हो।’ 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.