धनगढी । केन्द्रमा बनेको नयाँ गठबन्धनसगैं सुदुरपश्चिम प्रदेशको काग्रेंस, एमाले र नागरिक उन्मुक्ती पार्टीले नयाँ सरकार गठनकालागि सहयोग गर्न मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आग्रह गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरेर उनीहरुले सोडारीलाई राजीनामा दिएर नयाँ सरकार गठनको प्रकृयामा सजीकरण गर्न आग्रह गरेका हुन् ।
‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेका छन । उनले विश्वासको मत लिन खोजेपनि पाउने अवस्था छैन । बजेट माथिको छलफल हुन सकेको छैन । अल्पमतमाको सरकारले केही ठुला निर्णयहरु पनि गर्न सक्दैन, त्यसैले उहाँलाई राजीनामा दिएर सरकार गठनको बाटो सहज पार्न आग्रह गर्दछौं’ नेपाली काँग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमल बहादर शाहले भने ।
उनले भने- “गठबन्धनको ठुलो दल एमालेलेनै समर्थन फिर्ता लिइसकेको छ, सोडारीसंग १६ मत मात्रै कायम देखिन्छ अनी पदमा बसिरहन उपर्युक्त देखिदैन, त्यस कारण मुख्यमन्त्रीले राजिनामा दिनुपर्छ ।”
पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापाले तत्काल मुख्यमन्त्री सोडारीले सरकार छोड्नुको बिकल्प नरहेको बताइन् ।यस्तै नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरीलेपनि मुख्यमन्त्री सोडारीलाई कुर्सीमा बस्ने नैतिकता नरहेको बताए । जुन मुख्यमन्त्री सगं १६ मतपनि छैन उसले पदमा बसिरहनु कतिको उपर्युक्त हो आफै भन्नु उनले भने “नैतिकताका आधारमा मुख्यमन्त्रीले राजिनामा दिएर अर्को सरकार गठनका लागी सहयोग गर्नुपर्छ ।”