Dashain Suvakamana

कार्यक्रम सहजीकरण गर्न आएका हाकिमलाई अपाङ्गता भएकाले बहिस्कार गरेपछि…

Ajai

धनगढी । कार्यक्रम सहजीकरण गर्न आएकी सुदूरपश्चिम सरकारको महिला तथा बालबालिक र अपाङ्गताको बिषयगत क्षेत्र हेर्ने अधिकृतलाई नै अपाङ्गता भएकाले बहिस्कार गर्न खाेजेपछि फसाद भएकाे छ।

प्रदेश सरकारको आन्तरिक मामला तथा कानून मन्त्रालयले आज धनगढीमा आयाेजना गरेकाे अपाङ्गता भएका ब्यक्तिसँगकाे नीति सम्वाद कार्यक्रममा सहजीकरण गर्न आएकी साबिकको सामाजिक विकास मन्त्रालयकी जयन्ती गिरीलाई अपाङ्गता भएकाले बहिस्कार गर्ने भनेपछि आयाेजक र स्वयं गिरीलाई फसाद परेकाे हाे । 

प्रदेश सरकारले बनाएका नीति तथा ऐन कानूनमा अपाङ्गता भएकाकाे लागि कहाँ के विषय समेटेकाे छ भन्नेबारे जानकारी दिन आन्तरिक मामला तथा कानून मन्त्रालयले ९ वटै जिल्लाबाट अपाङ्गता संस्था प्रतिनिधि तथा अपाङ्गता भएका ब्यक्तिहरु धनगढी बाेलाएर गरिएकाे नीति सम्वाद कार्यक्रम सहजीकरण गर्न आएकी गिरीलाई अपाङ्गतामैत्री नभएकाे र सरकारले विनियाेजन गरेकाे बजेटमा पनि अनियमितता गर्ने गरेकाे भन्दै सहजिकरण बहिस्कार गर्न खाेजिएकाे हाे ।

गिरीले सहजिकरण गर्न लाग्दा कार्यक्रममा सहभागी राष्टिय अटिजम केयर सेन्टर साेसाईटी नेपालका अध्यक्ष रमेश बस्नेतले उनकाे नैतिकतामाथी प्रश्न उठाउदै अपाङ्गतामैत्री नभएकाे हाकिमकाे आफुले कार्यक्रम बहिस्कार गर्ने भनेपछि रास्ट्रिय अपाङ्ग महासंघ पूर्वकेन्द्रिय सदस्य एबं सुदूरपश्चिममा अपाङ्गताको अगुवा रुपा राईले पनि समर्थनको आवाज निकालिन। सहजिकरण गर्न खोजेकी गिरी ल्यापटप बन्द गर्दै बसिन्, कार्यक्रमस्थल तनावमय बन्यो ।

कार्यक्रम आन्तरिक मामला तथा कानून मन्त्रालयकाे भएकाले बहिस्कार नगराैं भन्दै उपसचिव कृष्णप्रसाद नेपालले सम्झाएछि गिरीकाे सहजिकरण नसुनेर बस्ने भन्दै अपाङ्गता अधिकारकर्मी रमेश बस्नेतले कानमा ओला घुसार्दै बसे र सहजिकरणकाे कार्यक्रम पुन: सुरु भएकाे थियाे ।

बस्नेतले यही बिषयमा शाखा अधिकृत गिरीमाथि अख्तियारमा मुद्दा दर्ता गरेकाे जानकारी समेत गरे ।No description available.

कार्यक्रममा अधिकृत गिरीकाे सहजिकरण नसुन्ने भन्दै कानमा ओला घुसारेर बिराेधमा अपाङ्गता अधिकारकर्मी रमेश बस्नेत ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.