Dashain Suvakamana

सहदात स्थालमा क्रान्तिकारी नेता भीमदत्त पन्तकाे सालिक निर्माण

Ajai

धनगढी । क्रान्तिकारी किसान नेता भिमदत्त पन्तकाे पूर्ण कदको सालिक निमार्ण गरिएकाे छ । उनले सहादत प्राप्त गरेको स्थान डाेटीकाे जोरायल गाउँपालिका-२ गल्लेखमा पहिलाे पटक सालिक निर्माण भएकाे हाे ।

त्यस क्षेत्रका प्रदेशसभा सदस्य शिब सिंह ओलीकाे पहलमा प्रदेश सरकारको बजेटबाट उक्त सालिक निर्माण भएकाे सांसद ओलीले जानकारी दिएका छन् । उनले क्रान्तिकारी किसान नेता भिमदत्त पन्तकाे स्मृतिमा अब उक्त स्थानलाई सहिद स्मृति पार्क निमाण गर्ने गरि प्रदेश र स्थानीय सरकारको समन्वयमा अगाढी बढाउनु पर्नेमा समेत जाेड दिएका छन् ।

राणादेखि प्रजातन्त्रका नाममा शाेषक र सामन्तकाे हुकुमी शासनका बिरुद्ध सुदूरपश्चिमेली जनसमुदायलाई गाेलबद्ध गर्दै समानता र स्वतन्त्रताकाे बिगुल फुकेका भीमदत्त पन्त्रलाई मार्न तत्कालिन काँग्रेस सरकारले नेपाल र भारतका सेना परिचालन गरी छलकपटपूर्ण तरिकाले हत्या गरेकाे थियाे ।May be an image of 1 person, temple and monument

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.