सुदूरपश्चिम प्रदेश देशभरीमै गरिबीको उच्च चपेटामा

धनगढी । देशभरीमै सुदूरपश्चिम प्रदेश गरिबीको उच्च चपेटामा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० को नतिजा अनुसार हाल नेपालको गरिबको दर २०.२७ प्रतिशत रहेकोबेला सुदूरपश्चिम समग्र प्रदेशको कूल जनसङ्ख्याको ३४.१६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको देखाइएकाे हाे।

नेपाल राष्ट्र बैंकले आइतबार सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (अर्धवार्षिक प्रतिवेदन) सार्वजनिक गर्दै ३४.१६ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको जनाएको छ । यो नेपालको सातवटा प्रदेशमध्ये सबैभन्दा उच्च हो ।

उक्त सर्वेक्षणले वार्षिक ७२ हजार ९ सय ९ रुपैयाँभन्दा कम उपभोग गर्ने व्यक्तिलाई गरिबीको रेखामुनि राखेको छ । जसअनुसार हाल सुदूरपश्चिम प्रदेशको कूल जनसङ्ख्याको ३४ प्रतिशत अर्थात् एकतिहाइ जनताले वार्षिक ७२ हजार ९ सय रुपैयाँ बराबरको उपभोग्य वस्तु उपभोग गर्ने सामर्थ्य पनि राख्दैनन् ।

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयले जनाए अनुसार कर्णाली प्रदेशको गरिबीको दर २६.६९ प्रतिशत रहेको छ । तेस्रोमा लुम्बिनीको २४.३५ प्रतिशत, मधेस प्रदेशको २२.५३ प्रतिशत, कोशी प्रदेश १७.१९ प्रतिशत, बागमती प्रदेश १२.५९ प्रतिशत र गण्डकी प्रदेश जम्मा ११.८८ प्रतिशत रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.