घरमाथि ट्याक्टर बज्रिदाँ बैतडीमा दुई बालिका घाइते

बैतडी । ट्याक्टर दुर्घटना भएर घरमाथि बज्रिदाँ बैतडीमा दुई बालिका घाइते भएका छन्। जिल्लाको मेलौली नगरपालिका-३ तल्खेत भन्ने स्थानमा सुदूरपश्चिम प्रदेश ०२ च ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

घाइते हुनेमा करन चन्दकी ७ वर्षीया छोरी निकिता चन्द र बिरबहादुर चन्दकी ७ वर्षीया छोरी पुर्णीमा चन्द रहेकी छन्। घाइते दुवैलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन ल्याइएको छ। काजागाड सडकखण्डमा ढुंगा लोड गर्ने क्रममा एक्कसी ट्याक्टर अगाडी बढेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले बताए।

ट्याक्टर सडकबाट सय मिटर तल खसेको हो।दुर्घटनामा परेको टयक्टरको अगाडीको भाग स्थानीय धनी भट्टको घरमाथि अडिएको छ भने पछाडीको भाग घर अगाडीको बारीमा पुगेको छ। घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।

कैलाली घर भएका चालक धनीराम डगौरालाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.