
धनगढी । समाजसेवी स्वर्गिय चित्रबहादुर सुनारकाे भाेलि शुक्रबार १३ औ पुण्यतिथि मनाईदै छ । धनगढी उपमहानगरपालिक फुलबारीमा स्थायीरुपमा बस्दैआएका सुनारकाे यही असार २ गते सडक दुर्घटनामा परी मृत्यु भएकाे थियाे ।
धनगढीलाई कर्मथलाे बनाएका सुनार मृत्यु अघिसम्म निस्वार्थ निरन्तर समाजसेवामा लागिरहने गरेकाे स्थानीयकाे भनाई छ । उनकै प्रेरणाले उनका छाेरा कृष्ण गहतराज आफु अपाङ्गता भएपनि अपाङ्गता भएका ब्यक्तिहरुकाे र मानव सेवाकाे क्षेत्रमा कर्यरत छन् ।
यसैक्रममा कृष्ण गहतराज व्रहालिन विदंगत बुवाको आत्माको चिरशान्तीकाे कामना गर्दै आफ्नाे परिवारप्रति समबेदना र सहानुभुती प्रदान गर्नुहुने सबैलाई १३ औ तिथिको प्रशाद ग्रहणको लागि आग्रह गरेका छन् ।
