
धनगढी । आइसिसी टी- २० विश्वकपको सुपर ८ मा अष्ट्रेलियालाई हराउँदै अफगानिस्तानले सेमिफाइनल सम्भावनालाई कायमै राखेको छ।जारी विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको हो। विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरेको पहिलो पटक हो ।
अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९दशमलव २ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो । अस्ट्रेलियाका अलराउन्डर प्याट कमिन्स लगातार ह्याट्रिक लिए। उनले २०औं ओभरको सुरुआती दुई ओभरमा दुई विकेट लिएका थिए। त्यसअघि १७ दशमलव ६ ओभरमा अर्को विकेट लिएका हुन्।
योसँगै अफगानिस्तान र अष्ट्रेलियाको समान २–२ अंक भएको छ। यो समूहबाट भारत सेमिफाइनलमा प्रवेश गरेको छ। अष्ट्रेलियाले भोलि भारतसँग खेल्नेछ भने। अफगानिस्तानले मंगलबार बंगलादेशसँग खेल्नेछ।
