धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०८१/८२ लागि कुल २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २२० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरिएको हो।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाले सार्वजनिक गरेको उक्त बजेटमध्ये चालुतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार ११७ र पूँजीगततर्फ ९८ करोड २६ लाख ८८ हजार १०२ रपैयाँको बजेट प्रस्तुत गरिएको हो।
यस्तै, आयततर्फ आन्तरिक आय ३६ करोड ६९ लाख ७६ हजार ६६५, राजस्व बाँडफाँड अन्तर्गत आयमा ४८ करोड २९ लाख ५४ हजार ७८५, अन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) एक अर्ब एक करोड ८७ लाख २६, अन्तर सरकार वित्तीय हस्तन्तरण (प्रदेश सरकार) ८ करोड २८ लाख २८ र सरी आएको मौज्दात २३ करोड २७ लाख ४६ हजार ७७० गरेर कुल २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २३० रुपैयाँ बजेट प्रस्तुत गरिएको हो।
त्यस्तै व्ययतर्फ चालु खर्चतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार ११७, पुँजीगत खर्चतर्फ ९८ करोड २६ लाख ८८ हजार १०२, कुल खर्च दुई अर्ब १८ करोड ४२ लाख ३२ हजार २२० बजेट प्रस्तुत गरिएको छ। त्यस्तै क्षेत्रगत विकास अन्तर्गत आर्थिक विकासतर्फ ६ करोड ६ लाख ३१ हजार, सामाजिक विकासतर्फ एक अर्ब १५ लाख ७७ हजार १६ रुपैयाँ, पूर्वाधार विकासतर्फ ६० करोड ७९ लाख ८६ हजार १०६ रुपैयाँ विनियोजन गरिएको छ।
सु–शासन तथा अन्तर सम्वन्धिततर्फ १८ करोड ५२ लाख ३१ हजार विनियोजन गरिएको छ। त्यस्तै कार्यालय सञ्चनलनतर्फ ३१ करोड ६३ लाख ७ हजार ९८ रुपैयाँ छुट्याएको छ।