घाेडाघाेडीले मृत्यु भएका ५९ जनाकाे ३ लाख भत्ता रकम खायाे

धनगढी । जनतालाई नजिकबाट सेवा सुविधा दिन गाउँगाउँमा खडा गरिएका सिंहदरवारले एकपछि अर्काे कूकर्म गर्न तछाडमछाड गरिरहेकाबेला कैलालीकाे घाेडाघाेडी नगरपालिकाले मृत्यु भइसकेका ५९ जनाका नाममा करिब ३ लाख रकम भुक्तानी गरेको पाइएको छ । महालेखा परिक्षकको आर्थिक बर्ष २०७९/८० को प्रतिवेदनमा उल्लेख भए अनुसार नगरपालिकाले मरेका जनताकाे नाममा यतिकाे रकम झ्वाम पारेकाे हाे ।

सामाजिक शुरक्षा भत्ता वितरण कार्यबिधि २०७७ को नियम १५ (४) मा मृत्यु भइसकेका ब्यक्तीले मृत्यु भएको दिनसम्मको भत्ता हकवालाले पाउने ब्यवस्था छ । तर नगरपालिकाले ५९ जना मृत्यु भइसकेका को नाममा सामाजिक शुरक्षा भत्ता निकासा गरेको पाइएको छ । पालिकाले २ लाख ८९ हजार ७ सय ६६ रुपयाँ मृत्यु भइसकेका ब्यक्तीका ५९ जनाका नाममा सामाजिक शुरक्षा भत्ता निकासा गरेको पाइएकाले सो रकम अशुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

इन्धनमा अचाकली खर्च गरेको उसले अनुगमनका नाममा समेत फजुल खर्च गरेको छ । नगरपालिकाले १४ जनाका नाममा १ लाख ९ हजार ३ सय ९५ रुपयाँ अनुगमन मुल्याकंन शिर्षकमा भुक्तानी गरेको छ । महालेखाले यसलाई निर्देशिका बिपरित अनुगमा भत्ता वाफत भुक्तानी भएको रकम सम्बन्धितबाट अशुल हुनुपर्ने बताएको छ ।

अर्थ मन्त्रालय कार्य सञ्चालन निर्देशिका २०७७ को ७.१.५ मा अनुगमन भ्रमण टोली खटाउनु परेमा कामसंग प्रत्यक्ष सम्बन्धित कर्मचारी मात्र खटाउनुपर्ने र त्यसरी कर्मचारी खटाउँदा बढिमा ३ जनाको टोली खटाउनुपर्ने ब्यवस्था छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.