
धनगढी । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको दाेश्राे बार्षिक समीक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । हेल्पिङ हेण्डस फाउन्डेसन अफ नेपाल र राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालको विशेष सहयोगमा कार्यक्रम सम्पन्न भएकाे आयाेजकले बताएकाे छ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री ओम विक्रम भाट ‘सरल’ ले फुलको बोटमा पनि दिएर उद्घाटन गरेको कार्यक्रममा विशिष्ट अतिथि प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश बहादुर विश्वकर्मा, सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणि पाण्डेय, उधोग प्रर्यटन बन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई रहेका थिए ।
यस्तै कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग र ईन्सेकका प्रतिनिधि कृष्ण विक रहेका थिए । महासंघले हालसम्म गरेका कार्यहरुको जानकारी, प्रत्येक परियोजना अन्तर्गत भए गरेका कार्यहरुको जानकारी, सुझाव संकलन गर्नुको साथै निसर्ग अस्पतालका डा. सुशील चटौतले आत्महत्या सम्वन्धी प्रशिक्षण गरेका थिए।
साथै समीक्षा कार्यक्रमको अवसर पारी महासंघलाई मानवीय सहयोग र अन्य गतिविधिमा समेत सक्रिय सहभागीता, कार्यालय प्रशासनको गतिविधिमा चुस्त दुरुस्त गरेको कार्यको मुल्यांकन गरे अनुरुप प्रदेश महासंघका लेखा अधिकृत उर्मिला भट्टलाई प्रशंसा पत्रसहित सम्मान गरिएको छ ।
कार्यक्रममा अपाङ्गता अभियानकर्मी रुपा राई, भिम शाह, रमेश बस्नेत, खडक भट्ट, भवानी ऐर, बम वि क, हिमाल रोकाया, मान विष्ट, मुकेश धामी, ज्ञानेन्द्र बास्तोला, तिलक बडुवाल, चन्द्रदेव जोशी, लगायत ५० जना भन्दा बढीको उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सञ्चालन महासंघका सचिब नरदीप धामीले गरेका थिए । 
