Dashain Suvakamana

अत्तरियाका होटेलबाट २० जना पक्रिदापनि अनैतिक क्रियाकलाप राेकिएन

Ajai

धनगढी ।  सुदूरपश्चिमकाे चाैराह भनेर चिनिने कैलालीकाे अत्तरियाका दुई होटेलबाट २८ गते अनैतिक क्रियाकलाप गरे गराएको भन्दै प्रहरीले होटेल सञ्चालकसहित ६ जनालाई पक्राउ गर्‍यो । कैलालीको गोदावरी नगरपालिका-२ अत्तरिया एक नम्बर गल्लीमा रहेको गुडिया होटेल र सोही वडाको तेघरीस्थित न्यू सोल्टी होटेलबाट सञ्चालकसहित ६ जना पक्राउ परेका थिए ।

प्रहरीले अत्तरियाका होटेलहरुबाट अनैतिक क्रियाकलाप गराएको भन्दै होटेल सञ्चालक र अनैतिक क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गरिरहे पनि यो क्रममा कमी आउन सकेको छैन । अत्तरियामा वैशाख र जेठ महिनाको हालसम्ममा होटेलमा हुने अनैतिक क्रियाकलापका २० जना पक्राउ परिसकेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर थापाले १० जना पुरुष, ९ जना महिला र एक जना तेस्रोलिङ्गी गरी वैशाख र जेठको हालसम्ममा २० जना पक्राउ परिसकेका बताए ।

उनले गोदावरी क्षेत्रमा लागुऔषध र अनैतिक क्रियाकलापको समस्या बढी देखिएको बताए । विशेष गरी बसपार्क भएका ठाउँहरुमा यस किसिमका अनैतिक गतिविधिहरु हुने गरेको पाइएको उनी बताउँछन् ।

डिएसपी थापाले सम्बन्ध नखुलेका केटाकेटीहरुलाई होटेलमा नराख्न सञ्चालकहरुलाई पटक पटक आग्रह गर्दै आइरहेको बताए । यस्ता क्रियाकलापहरुको नियन्त्रणमा होटेल सञ्चालकहरुको नै विशेष भूमिका रहने उनी बताउँछन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.