सुदूरपश्चिम प्रदेशमा थप सात मन्त्रीले लिए शपथ

धनगढी। सुदूरपश्चिम प्रदेशमा थप सात मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । यसअघि डेढ महिनादेखि मुख्यमन्त्रीसहित तीन सदस्यीय सरकार मात्र रहेको थियो । याे सपथसँगै अब मन्त्रीपरिषद १० सदस्यीय भएको छ ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विस्तार गरेको मन्त्री परिषदका सदस्यलाई सोमबार प्रदेश प्रमुख नजिर मियाले एक समारोहबिच पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् । शपथग्रहण गर्नेमा नेकपा (एमाले) का सुरेन्द्र पाल आर्थिक मामिला र नेकपा (माओवादी केन्द्र) का ओमविक्रम भाट सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै, एमालेका वीरबहादुर थापा, हिरासिंह सार्की, माओवादीका अक्कल रावल, लक्ष्मी विक र नेकपा (एकीकृत समाजवादी) का माया पन्तले तत्काललाई विनाविभागीय मन्त्रीका रुपमा शपथ लिए । 

यसअघि नागरिक उन्मुक्ति पार्टीका क्रमशः कैलाश चौधरी भौतिक पूर्वाधार र टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त भइसकेका छन् । स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने भनिए पनि उनले मन्त्री धेरै भएको र मन्त्रालय फुटाइनु ठिक नहुने भन्दै शपथग्रहण गर्न तयार भएनन् । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.