
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अपाङ्गता भएका नागरिकहरु लगायत न्यून वर्गका जनसमुदायको पक्षमा प्रदेश सरकार सदैव लागिपर्ने बताएका छन् ।
आदिवासी जनजाति अपाङ्गता महिला संघ नेपाल (निडवान)को आयोजनामा धनगढीमा संचालित ४ दिने अन्तर प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण तालिम उद्घाटन गर्दैै मुख्यमन्त्री सोडारिले सोमबार यस्तो बताएका हुन। उनले भने- “अहिलेसम्म सरकारले पूर्णता नपाए पनि जति दिन हामी सरकारमा रहन्छौ, तपाईंहरुलाई निराशा पैदा हुन दिने छैनौं”
४ दिनसम्म चल्ने उक्त नेतृत्व विकास तालिममा निडवानका अध्यक्ष तथा प्रध्यापक प्रतिमा गुरुङ र अपाङ्गता अधिकारकर्मी कृष्ण गहतराजले अपाङ्गता भएका नागरिकहरुको अधिकार सम्बन्धी महासन्धि (सिआरपिडी) र यसको प्रभावकारी कार्यान्वय सम्बन्धि प्रशिक्षण गर्ने छन्।
तालिम कार्यक्रममा सुदूरपश्चिमका नौ जिल्लाबाट प्रतिनिधि, कैलालीका गोदावरी, भजनी र कैलारी पालिकामा रहेका अपाङ्गताको क्षेत्रमा काम गरिरहेका संस्था यस्तै, कर्णाली प्रदेशका वीरेन्द्रनगर र बाराही पालिकामा रहेका अपाङ्गता अधिकारकर्मी सहभागी रहेका छन्।
