
धनगढी । ज्यान मुद्दाका फरार दोषी कालिचरण पक्राउ परेका छन्।
कैलालीकाे गौरीगंगा नगरपालिका–८ का ३० वर्षीय काली चरण चौधरी ज्यान मुद्दामा २ वर्ष ११ महिना २ दिन कैद सजाय र ३२ हजार जरिवाना ठहर भइ फरार रहेका थिए।
चौधरीलाइ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको थियाे।
