काठमाडौं । सहकारीको बचत हिनामिना छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूको बैठक बस्दैछ। शीर्ष नेताहरूको बैठक बिहान ९ बजे बस्ने तय भएको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
अहिले बिहान प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बैठक बस्न लागेको उनले जानकारी दिए। ‘बिहान तीन जना नेता मात्रै बस्नुहुन्छ। सहमति हुने भयो र आवश्यक पर्यो भने कार्यदलका सदस्य (कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, एमाले प्रमुख सचेतक बर्तौला, कांग्रेस सांसद जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल) पनि बस्छौं।
सहमति भएन भने सदन सुरू हुन्छ,’ उनकाे भनाइ छ ।