धनगढी । सुदुरपश्चिम प्रदेशसभाको बैठक आवह्वान गरिएको छ । नेपालको सबिंधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख नाजिर मियाले जेठ १३ गते आइतबारका लागी आवह्वान गरेको हाे ।
प्रदेशसभा सचिवालय सुदुरपश्चिमका सुचना अधिकारी युवराज जैशीले बजेट अधिवेशनकाे रुपमा हेरिने याे चाैथाे अधिवेशनकाे पहिलाे बैठक आइतबार ३ बजे बस्ने छ ।