
धनगढी। रोजगारदाता र श्रमिकलाई जोड्न सरकारले ७ वटै प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको श्रम मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार मेला जेठ १७-१८ मा कोशी प्रदेश, १९-२० मा मधेश, २१-२२ मा गण्डकी प्रदेशको पोखरा, २३-२४ मा लुम्बीनी, २५-२६ मा कर्णाली प्रदेशको सुर्खेत, २७-२८ मा सुदूरपश्चिम प्रदेशको धनगढी र २९-३० मा बागमती प्रदेशको ललितपुरमा आयोजना गरिने कार्यतालिका छ।
