Dashain Suvakamana

कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु

Ajai

धनगढी । कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ। भन्सार छलीका सामानसहित तीनदिन पहिले पक्राउ परेका ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरीको मृत्यु भएको हो।

हिरासतमा रहेका चौधरी एक्कासी बेहोस भएपछि प्रहरीले उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो । चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कविन्द्र बोहराले बताए ।

चौधरी यहि महिनाकाे तीन गते भन्सार छलीका सामानसहित पक्राउ परेका थिए। उनलको आज आइतबार विहान उनको मृत्यु भएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.