Dashain Suvakamana

पश्चिम सेती बन्ने आशा जाग्याे: भारतसँग बिजुली लैजाने सम्झौता

Ajai

काठमाण्डौ । राष्ट्रिय प्रशारण ग्रिड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रशारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ । नेपाल सरकारले प्रशारण लाइन निर्माणका लागि खडा गरेको ग्रिड कम्पनीले बनाउने प्रशारण लाइनबाट बिजुली लैजान सम्झौतापत्रमा हिजो काठमाण्डौमा भएको कार्यक्रमकाबीच हस्ताक्षर भएको हो ।

एनएचपीसीले उत्पादन गर्ने पश्चिम सेतीको बिजुली सरकारी ग्रिड कम्पनीले बनाएको प्रशारण लाइन प्रयोग गर्नेगरी लैजाने सम्झौता भएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारीको उपस्थितिमा ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

दुवै आयोजनाको विकासका लागि एनएचपीसीसँग एमओयु भएको छ । पश्चिम सेती ७ सय ५० मेगावाट क्षमता भएको आयोजना हो । यो आयोजना नजिकैबाट ग्रिड कम्पनीले प्रशारण लाइन बनाइरहेको छ । ग्रिड कम्पनीकै प्रशारण लाइनमा ह्वीलिङ चार्ज तिरेर बिजुली लैजाने सम्झौता भएको हो ।

पश्चिमी सेती करिडोरमा १८ सय मेगावाट परियोजना निर्माणको चरणमा रहेको छ । एनएचपीसीले दोधारा–बरेली चार सय केभी प्रशारण लाइनमार्फत् भारत बिजुली लैजानेछ । याे सम्झौतासँगै बषाै‌देखि पश्चिम सेतीकाे याेजना बन्नेमा आशा जगाएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.