एमालेको माहोल बनेन,आज पनि मुख्यमन्त्रलाई विश्वासको मत नदिने

धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर साेडारीलाई शनिबार पनि विश्वासको मत नदिने भएकाे छ । मुख्यमन्त्रीले सल्लाह नगरी हतार गरेकाे भन्दै शुक्रबार विश्वासको मत नदिने अडान लिएको एमाले आज पनि दिने माहोलमा छैन ।

शुक्रबार विश्वासको मत नदिने अडान लिएकाे एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शिर्ष तहमा सल्लाह गर्न भन्दै आज काठमाडौं हानिएपछि मुख्यमन्त्री साेडारीले आज पनि विश्वासको मत लिने कार्यक्रम अनिश्चित बनेको हो। एमालेले विश्वासको मत नदिने अडान लिएपछि शुक्रबार मुख्यमन्त्रीको आग्रहमा सभामुख भीमबहादुर भण्डारीले शनिबार साँझ साढे ५ बजेका लागि प्रदेश सभाकाे बैठक बाेलाएका थिए ।

बैशाख २ मा नेपाली कांग्रेससँग मिलेर नागरिक उन्मुक्तिकाे रेशम चाैधरी पक्षका लक्ष्मणकिशाेर चाैधरीलाई मुख्यमन्त्री बनाउन लागेका एकीकृत समाजवादी संसदीय दलका नेता साेडारी आफ्नो पार्टीको समर्थन फिर्ता लिएर ६ बैशाखमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जाेशीकाे समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.