
धनगढी। कैलालीको धनगढीबाट तस्करीको सामानसहित एक ब्यपारी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ मा रहेको हरि ओम हार्डबेयर एण्ड सप्लायर्सका संञ्चालक भारतको लखिमपुर जिल्लाको पलिया कला खिरीका ४४ वर्षीय आशिष गुप्ता पक्राउ परेका हुन्।
उनलाई भारतबाट भन्सार छलि ल्याएका चोरी पैठारीका सामान सहित आइतवार साँझ पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। गुप्ता हाल धनगढी उपमहानगरपालिका–३ बस्दै आएका छन्। गुप्तालाई उनकै हार्डवेयरको गोदाममा भारतिय युपि ३१ टी ७७११ नम्बरको ट्रकमा सामान लोड गर्दै गरेको बेला फेला पारेको थियो।
ट्रकमा लोड गरिरहेका मिक्चर मेसिन, डिस्क डल सात सेट, कल्टीभेट, पम्पीङ टायर, अटो रीक्साका टायर, फट्टा पाइप गरि ४० लाख चार हजार बराबरको सामान बरामद गरिएको छ। बरामद गरेको सामानर र ट्रक सहित ब्यपारी गुप्तालाई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ।
