धनगढी। बझाङ प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ११ हजार ६१३ मतका साथ विजयी भएका छन्। त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे।
यस्तै माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे। यी तीन बाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन आयोगका अनुसार कुल सदर मत २९ हजार ७०५ को १० प्रतिशत भन्दा कम मत ल्याउने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो।
जमानत जफत हुनेहरूमा राप्रपाका किशोर कुमार खड्का, जसपाका रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का, जनमत पार्टीकी सुशीला देवी विष्ट, नेमकिपाका खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक नेपालका कमल घर्ती मगरको जमानत जफत भएको हो ।