बैतडी। बैतडीको सिगास गाउँपालिका–५ की अन्दाजी २४ वर्षीया चन्द्रा कुमारी धामीको भिरबाट लडेर मृत्यु भएको छ । घर लिप्नका लागि माटो लिन गएकी उनको भिरबाट लडेर मृत्यु भएको हो ।
घर नजिकैको खल्लीगडान भन्ने भिरबाट लडेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनी सिगास शिक्षा क्याम्पस गाजरीमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत थिइन्।