इलाम २ उपनिर्वाचनको सुरुवाती मत गणनामा कांग्रेसको अग्रता

इलाम । इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक परिणाम आएको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ बाट सुरु भएको मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिएका छन् ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ मा रुखको  जम्मा मत ६५७ छ भने सूर्यको ५३४ छ । यस्तै  फाकफोकथुम  २ मा सूर्यको  ५२९ मत छ यहाँ रुखको मत ४७८ छ ।

कसलाई कति मत?
नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का : ११३५

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ : १०६३
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू : ११५
स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम : १८७

तर, निर्वाचन आयोगले यसको घोषणा गर्न बाकी छ ।

अहिले इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रका दुई ठाउँमा मतगणना भइरहेको छ । जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलका अनुसार सबैभन्दा पहिले फाकफोकथुम गाउँपालिका वडा नम्बर १ बाट मतगणना थालिएको हो । फाकफोकथुमको सकिएपछि चुलाचुली, माङ्सेबुङ, माई, देउमाई गाउँपालिका र इलाम नगरपालिकाको गणना गरिने छ ।

इलाम २ को उपनिर्वाचनमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ । यो समग्रमा ६० प्रतिशत हो ।उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन् ।

एमाले उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि रिक्त क्षेत्रमा शनिबार उपनिर्वाचन भएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.