बझाङमा मतगणना सुरु

धनगढी। उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा १ मा अहिले दिउँसो १ बजेबाट मतगणना सुरु हुदैछ । बझाङको सदरमुकाम चैनपुरमा बसेको सर्वदलीय बैठकले १ बजेबाट मत गणना सुरु गर्ने निर्णय गरेको माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले जानकारी दिए।

‘मतगणनाको सम्पूर्ण तयारी पुरा भएको छ । दिउँसो १ बजेबाट मत गणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ’, उनले भने । शनिबार भएको उपनिर्वाचनमा बझाङमा ५० प्रतिशत मत खसेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.