Dashain Suvakamana

डेढ किलो अबैध सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ

Ajai

काठमाडौ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार नगद रुपैयाँ बरामद गरेको हो।

काठमाडौँ महानगरपालिका-२४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा तीन भारतीय नागरिक र चार जना नेपाली छन्। भारतीय नागरिकहरू अमुल विभूति, ऋषिकेश विभूति, गणेश बाल्टे रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी झापा बिर्तामोडका ३० वर्षीय दिनेश खरेल, सोही स्थानका २२ वर्षीय भरतराज खरेल, दार्चुला महाकाली नगरपालिका-३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र २१ वर्षीय आयुष बडू रहेका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.