अत्तरिया। कैलालीको अत्तरियाबाट ५ जुवाडे पक्राउ परेका छन । उनीहरुको साथबाट एक लाख ५५ हजार २ सय नगद सहित पक्राउ गरिएको मालाखेती प्रहरीले जानकारी दिएको छ।
अत्तरियामा रहेको रेडसन प्लाजाको दोस्रो तलाको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १ लाख ५५ हजार २ सय नगद, सहित ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको पहिचान खुलाइएको छैन । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालोखतीले जनाएको छ।