बझाङ। बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) मा यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरु गाउँ–गाउँ पुगेर मतदातासँग आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्न थालेका छन् ।
निर्वाचन हुने करिब आठ दिनमात्र बाँकी रहँदा दलहरुलाई अहिले भ्याइनभ्याई छ । आफ्नो पक्षमा जनमत सङ्कलन गर्न दलहरुले विभिन्न रणनीतिका साथ गाउँ–गाउँ पुगेका छन् । नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह, नेकपा (एमाले)का उम्मेदवार दमन भण्डारी, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनक बुढा, नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार दिलबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार किशोर खड्कालगायतका नेताहरु प्रचारप्रसारमा व्यस्त छन्।
आफ्नो पक्षमा मत जुटाउनका लागि राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्र पारेका बेला सबै उम्मेदवार भन्दा सालिन र सिनियर माओवादीका जनक बुढाको पक्षमा जनलहर बढ्दै गएको बताइन्छ। संविधान सभा सदस्य भइ गाउठाउँमा केहि गर्न सक्ने नेताको छवी देखाएका माओवादी नेता जनक बुढा जिल्लाका प्रभावशाली नेता हुन ।
यसअघि चुनावी गठबन्धनले स्थानीयले १० बर्षसम्म माओवादी उम्मेदवारलाई भोट दिन नपाउदा माओवादीको सङ्गठन कमजोर मानिएको भएपनि नेता बुढा आफु व्यावहारिक मत पाउने दाबी गर्छन।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि बझाङ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन हुने लागेको हो।