Dashain Suvakamana

उन्मुक्तीका दुई सांसदको दाबी, मुख्यमन्त्री कैलाश बन्लान कि लक्ष्मणकिशोर ?

Ajai

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ती पार्टीका दुई जनाद्धारा आइतबार मुख्यमन्त्री पदमा दावेदारी प्रस्तुत गरेपछि मुख्यमन्त्री को बन्लान भन्ने चाँसो बढेको छ । सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबाट प्रदेश सभा सदस्य कैलाश चौधरी र उन्मुक्तीका संरक्षक रेशमलाल चौधरी पक्षबाट लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्री पदमा दावेदारी प्रस्तुत गरेका छन् ।

उन्मुक्तीको विवादले सो पार्टीका प्रदेश सभा सदस्यहरु दुईतिर विभाजित भएपछि प्रदेश प्रमुख नाजिर मियाले कसलाई मुख्यमन्त्री बनाउलान भन्ने चर्चा हुन थालेको छ । प्रदेश प्रमुखले प्रदेश सभा सदस्यहरुलाई बोलाएर सनाखत गराएर मुख्यमन्त्री नियुक्त गर्ने सम्भावना छ । प्रदेश प्रमुखले दावेदारहरुसंग बढीमा तीन दिनभित्र मुख्यमन्त्री नियुक्त गर्ने बताएका छन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त प्रमुख शैलेश ढुङ्गानाले मुख्यमन्त्री नियुक्तीको विषयमा प्रदेश प्रमुखले विभिन्न पक्षसंग राय सल्लाह लिइरहेको बताए ।

नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) को समर्थनमा लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दावी गरेका हुन । उनले आफ्नो पक्षमा कांग्रेसका १८, उन्मुक्तीका सात, समाजवादीका चार र राप्रपाका एक गरेर ३० जना रहेको दावी गरे । यद्यपी दावेदारी प्रस्तुत गर्दा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य भने अनुपस्थित थिए ।

कैलाशले पनि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र ), नागरिक उन्मुक्ती र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्रीको दावेदारी गरेका छन् । एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले एमाले, माओवादीका १०/१०, उन्मुक्तीका छ र स्वतन्त्र एक गरेर २७ जनाले कैलाशको पक्षमा रहेको बताए । यद्यपी उन्मुक्तीको आन्तरिक विवादले कैलाशको पक्षमा दुई जना मात्र छन् ।

प्रदेश सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ । हाल ५३ सदस्यीय प्रदेश सभामा ५२ जना रहेका छन् ।लक्ष्मणकिशोरको पक्षमा उभिएका दलले आफूहरुसित बहुमत सदस्यको समर्थन रहेकोले आजै मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख मियालाई आग्रह गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले बताए ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले विश्वासको मत पाउन नसक्ने अवस्था बनेपछि चैत २२ गते पदबाट राजीनामा गरेका थिए । । त्यसपछि प्रदेश प्रमुख मियाले नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम १० दिनको समयसीमा राखेर दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आव्हान गरेका थिए । सो समयसीमा आजै सकिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.