घनश्याम चौधरी नाउपा दलको नेताबाट बर्खास्त

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम संसदीय दलको नेता घनश्याम चौधरीलाई  बर्खास्त गरेकी छिन् ।पार्टीको सम्पूर्ण अधिकार आफूमा केन्द्रीत रहेको झल्को दिँदै उनले आफ्नो पक्षका सांसद कैलाश चौधरीलाई संसदीय दलका नेता तोकेकी हुन् ।

नाउपा अध्यक्ष श्रेष्ठले चैत्र २५ गते सोमबार केन्द्रीय समितिको बैठकको निर्णय उल्लेख गर्दै यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा चौधरीले दलको निर्देशनको पालना नगरेकोले हटाइएको बताएकी छन् ।

यसअघि उनले आफ्नै पति एवम् पार्टीका संरक्षक रेशमलाल चौधरी पक्ष रहेको भन्दै सांसद इन्दिरा गिरीलाई पद मुक्त गरेकी थिइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.