आन्तरिक द्वन्द्वले नागरिक उन्मुक्ति मुख्यमन्त्रीको अवसर गुमाउदै

धनगढी । सुदूरपश्चिम प्रदेशमा अहिले नयाँ सत्ता गठबन्धनभित्र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने सहमति भइसकेको छ। तर, नाउपाको आन्तरिक द्वन्द्वले शीर्ष नेताहरूले त्यसलाई सार्वजनिक गरेका छैनन्। 

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिन तयार भइसकेका छन् । तर, पार्टीभित्रका सबै सांसदहरू एक ठाउँमा उभिनुपर्ने उनीहरूको सर्त छ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी भित्रै सरकारको विषयमा दुई धार प्रस्ट भएकले माओवादी र एमाले नेतृत्व आशंकामा रहेको हो।

थारुलाई मुख्यमन्त्री बनाउने भन्दै जनतालाई आश्वासन दिएकाले अहिले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशमा थारु मुख्यमन्त्री हुनुपर्ने भन्दै अध्यक्ष रन्जिता श्रेष्ठले शीर्ष नेताहरूसँग लबिङ गरिरहेकी छन् । तर, रेशम चौधरी भने नयाँ सत्ता गठबन्धनको पक्षमा छैनन् ।

नउपाभित्र चरम विवाद रहँदा सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने सम्भावना पनि बढिरहेको शीर्ष नेताहरूसँगको संवादबारे जानकार नाउपाको एक उच्च स्रोतले बतायो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.