Dashain Suvakamana

अपाङ्गताको सबालमा अन्तरप्रदेश वहुसरोकारवाला निकायबीच छलफल सम्पन्न

Ajai

धनगढी । अपङ्गता भएका व्यक्तिहरुको हकअधिकार स्थापित गर्न गठित वहुसरोकारवाला निकायहरुको संजालबीच छलफल सम्पन्न भएको छ। राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ-नेपाल (निडवान)को नेतृत्वमा बाकेको नेपालगन्जमा दुई दिनसम्म अन्तरप्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

May be an image of 3 people, table and daisकार्यक्रममा सुदूरपश्चिम र कर्णालीका विभिन्न नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तथा समन्वय समिति सदस्य, जनप्रतिनिधि, पत्रकार, विभिन्न प्रदेशका राष्ट्रिय अपाङ्ग महासंघ सदस्य, विभिन्न अपाङ्ग संघसंस्थामा आबद्ध अपाङ्गता भएका व्यक्तिहरूको सहभागितामा थियो। यस्तै, कार्यक्रममा स्थानीय तहमा लैङ्गकि तथा अपाङ्गता उत्तरदायी निति, बजेट तथा कार्यक्रम निर्माण प्रक्रिया बहुसरोकारवाला निकायहरुको अन्तरप्रदेश स्तरीय दुई दिने सिकाई आदानप्रदान गरिएको थियो । बहुसरोकारवाला निकायहरुको अन्तरप्रदेश स्तरीय भेलाले संजालको नेतृत्व अपाङ्गता जनचेतना तथा संचार सेवा केन्द्र कर्णालीलाई छानेको छ । यस्तै उप-संयोजकमा सुदूरपश्चिमको दलित महिला नेटवर्क चयन भएको छ । यसअघि संयोजकमा रास्ट्रिय अपांग महासंघ सुदूरपश्चिम समिति रहेको थियो ।

निडवानका अध्यक्ष एबं प्राध्यापक  प्रतिमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रमलाई अपाङ्गता समावेशी विकास विज्ञ कृष्ण गहतराजले सहजीकरण गरेका थिए । May be an image of 6 people and text

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.