धनगढीमा विवेक ईण्डष्ट्रीजको दाना उद्योगमा आगलागी

धनगढी ।  दाना उत्पादन र वितरण गर्दै आएको सुदूरपश्चिममै ठूलो उद्ध्योग कैलालीको धनगढीमा रहेको विवेक ईण्डष्ट्रीज प्रा.लि.को दाना उद्योगमा आगलागी भएको छ।

धनगढी–३ बोराडाँडी कान्तिपुर टोलमा रहेको दाना उद्योगमा विद्युत सट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी नगरप्रहरी र दमकलको टोलीले नियन्त्रमा लिईएको छ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको र यसबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.