माओवादीले बझाङ (क)बाट जनक बुढालाई उम्मेदवार बनाउने

धनगढी। बझाङ (क) मा हुन लागेको प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले प्रदेश सचिव जनक बुढालाई उम्मेदवार बनाउने भएको छ ।

दुई दिनसम्म धनगढीमा चलेको नेकपा माओवादी केन्द्र प्रदेश पदाधिकारी र केन्द्रिय सदस्यहरुको संयुक्त वैठकले उनको नाम सर्बसहमत पार्टी केन्द्रमा सिफारिस गरेको हो।

माओवादीका पुराना नेता बुढा संविधानसभा सदस्य समेत हुन। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा प्रदेश सभा सदस्य पद रिक्त थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.