इलाम र बझाङमा आफ्नै उम्मेदवार उठाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ। आज बुधबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङमा उम्मेदवारी दिने निर्णय गरेको हो। 

बैठकमा छलफलपछि सर्वसम्मत रुपमा पार्टीबाट आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए। उनका अनुसार इलाम २ बाट केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश सदस्य ओम गुरुङ र अनिल बराइलीको नाम सिफारिस भएर आएको छ।

बझाङमा प्रक्रिया अगाडि बढाएको छैन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.