धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा आइन्

धनगढी । भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। सोमवारदेखि सम्पर्क विहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन्।

उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो। छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु भन्दै मेयर गोपाल हमालले खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गरेका छन् ।

नगर प्रमुख हमालकी जेठी छोरी आरती ओशो साधक हुन।ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.