अछाममा फेरी भयङ्कर दुर्घटना: ५ जनाको मृत्यु, ३ गम्भीर अवस्थामा

अछाम । अछाममा फेरी भयङ्कर दुर्घटना भएको छ। जिल्लाको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छभने तिन जना  घाइते भएका छन् घाइतेहरुको अवस्था गम्भीर रहेको बताईएको छ ।

मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडीमा आज (सोमबार) भएको ट्याक्टर दुर्घटनामा परेर मेल्लेख गाउँपालिका–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले बताए।

षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो। दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक बालक घाइते भएका प्रहरी निरीक्षक साउदले बताए।

मृतक र घाइते सबै वडका बासिन्दा हुन्। घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.