अति अशक्त अपाङ्गता डगौरालाई व्हीलचियर प्रदान

धनगढी। अति अशक्त अपाङ्गता भएकी गरिब रामकली डगौराले घरभित्र बाहिर आवतजावत गर्न ह्वीलचेयर पाएकी छन्। अपाङ्गता अधिकारकर्मी नन्दराज भट्ट र इश्वर पालिको पहलमा धनगढी- १३ श्रीलंका बस्ने अति अशक्त अपांगता रामकली डङौराले ह्वीलचेयर पाएको हो ।  

लाईफ केयर सर्जिकल एन्ड सप्लायर्स धनगढीका प्रबन्ध निर्देशक समाजसेवी युवा ब्यक्तित्व डिल्लिराज जोशी”राहुल” ले अति अशक्त गरिब अपांगता नागरिकलाई आवागमनमा सहज होस भन्ने उद्देश्यले सर्वाङ्गिण अपांगता बिकास समाज नेपाललाई उपलब्ध गराएको १ थान व्हीलचियर होलिको अवसरमा उनकै घरमा पुगेर हस्तान्तरण गरिएको सो संस्थाका निर्देशक समेत रहेका नन्दराज भट्टले जानकारी दिए ।

सहयोगी हातहरुलाई धन्यवाद भन्दै उनले होलिको शुभकामना व्यक्त गरेका छन ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.