काठमाडौँ। प्रजातन्त्रवादी कानुनविद्हरूको संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले सुदूरपश्चिम प्रदेश समिति गठन गरेको छ। शनिबार सम्पन्न भेलाले एसोसिएसनको केन्द्रीय उपाध्यक्ष गङ्गाराम उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो।
समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः धनबहादुर खड्का, रोशनलाल चौधरी र देवीलाल चौधरी चयन भएका छन्। त्यस्तै सदस्यमा ज्ञानेन्द्रबहादुर पाल, गोविन्दराज जोशी, हर्क कडायत, डण्डीराज ओझा, लोकराज जोशी, कौशल्या योगी र सुवास उपाध्याय चयन भएका छन्।